समाज

पूर्वमन्त्री बलात्कार आरोपमा पक्राउ

बलात्कार आरोपमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहन बानियाँ पक्राउ परेका छन्।

काठमाडौं जाँदै गरेका सांसद बानियाँ नेपालगन्ज एयरपोर्टबाट पक्राउ परेका हुन्।

उनीविरुद्ध जुम्लाकी एक शिक्षिकाले माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। त्यसपछि सांसद बानियाँ फरार थिए।

प्रकाशित: १६ फाल्गुन २०७८ १४:५१ सोमबार

प्रतिनिधिसभा सदस्य मोहन बानियाँ