समाज

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

बुटवलमा आज बिहान मोटरसाइकल अनियन्त्रीत भइ पल्टिदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा रुपन्देहीकै गैडहवा गाउँपालिका ९ हात्तिबजारमा २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षका राहुल थापा छन्। दुवै जनाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २१ वर्षका बिमल रानाको लुम्बिनी  प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लु ६० प ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका १२ मिलन पार्क नजिकै अनियन्त्रीत भइ पल्टेको थियो। मोटरसाइकलमा तीन जना सवार थिए।

प्रकाशित: ३ फाल्गुन २०७८ ०८:२८ मंगलबार

रुपन्देही गैडहवा गाँउपालिका गाउँपालिका