समाज

आकस्मिक विपद् व्यवस्थापनसम्बन्धी भक्तपुरमा डेमो

भूकम्प तथा सवारी दुर्घटना प्रतिकार्यका लागि भक्तपुरमा डेमो गरिएको छ। भक्तपुर अस्पतालले आकस्मिक विपद् व्यवस्थापनको सीप विस्तारका लागि डेमोको आयोजनामा गरेको हो। सो कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर भक्तपुरसँग सहकार्य गरिएको थियो।  

भक्तपुर अस्पतालका मेसु डा.सुमित्रा गौतमको नेतृत्वमा अस्पतालको ‘आकस्मिक विपद् व्यवस्थापन’ को क्रममा २२ जना घाइतेको सफल व्यवस्थापन तथा सहकार्य अभ्यास गरिएको थियो।  

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठ र प्रहरी निरीक्षक शशिधर शर्माको कमाण्डमा २२ जना रेस्क्यु टोलीले भूकम्पबाट हुने क्षति तथा तत्काल उद्दार, व्यवस्थापनसम्बन्धी र सवारी दुर्घटनामा तत्काल गरिने उद्दार र सडक सञ्चालन सम्बन्धी अभ्यासको डेमो गरिएको थियो।

प्रकाशित: १ माघ २०७८ ०९:२२ शनिबार

सवारी दुर्घटना