समाज

फुङ्लिङको एक होटलमा एक भारतीय नागरिक मृत फेला

ताप्लेजुङको फुङलिङस्थित पुरानो बैंक लाइन क्षेत्रमा सञ्चालित एक होटलमा काम गर्न बसेका एक भारतीय नागरिक मृत भेटिएका छन्।

भारतको पूर्णिया जिल्ला चपय गाउँ बस्ने २१ वर्षीय दिलसुखकुमार मृत भेटिएका हुन्। राति १२ बजेतिर शौचालय जाने भन्दै हिंडेका उनी लामो समयसम्म नफर्किएपछि खोज्न जाँदा बेहोस भेटिएको उनीसँगै सुतेका उनका साथीले बताए

जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बाल नरसिंह राणाले घटनास्थल मुचुल्का उठाई जिल्ला अस्पतालको शवगृहमा शव राखिएको जानकारी दिए। ‘मृतकका आफन्त आउँदै हुनहुन्छ’ राणाले भने, ‘उहाँहरू आएपछि पोष्टमार्टम प्रक्रिया पूरा गरी आफन्तलाई शव बुझाउँछौं।’ डिएसपी राणाले घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको समेत बताए।

प्रकाशित: २९ पुस २०७८ ०५:०८ बिहीबार

भारतीय नागरिक जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङ मृतकका आफन्त