समाज

कैदी फरार प्रकरणः जेलर, प्रहरी सहायक निरीक्षक र हवल्दार पक्राउ

कैदी भागेको घटनामा जेलर र प्रहरी हवल्दारको समेत संलग्नता देखिएपछि प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेको छ। जेलर युवराज परियार, प्रहरी ईन्चार्ज, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन र प्रहरी हवल्दार गणेशबहादुर थारुलाई पक्राउ गरिएको घोराही कारागारका जेलर अमरबहादुर ओलीले जानकारी दिए।

सोमबार बेलुका उनीहरुलाई पक्राउ गरिएको ओलीले जानकारी दिए। परियारलाई जेलरबाट मुक्त गरि जिल्ला प्रशासन कार्यालयमा तानिएपछि ओलीलाई नयाँ जेलरका रुपमा घोराही कारागारामा खटाईएको छ।

जेलर ओलीका अनुसार कैदी भगाउने कार्यमा पहिलाका जेलर परियार अनि प्रहरी ईन्चार्ज र हवल्दारको समेत संलग्नता देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो।

प्रकाशित: १२ पुस २०७८ १४:१५ सोमबार