समाज

सर्लाही प्रहरीले लियो अवैध सामग्री नियन्त्रणमा

सर्लाही प्रहरीले विभिन्न अवैध सामग्री नियन्त्रणमा लिएको छ। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ४ स्थित पोस्टमा खटिएको चेकिङ टोलीले हजारौको सामान बरामद गरेको छ। प्रहरी टोलीलाई देखेर भन्सार छलेर नेपालतर्फ सामान भित्र्याउँदै गरेकाहरुले सामान फालेर बेपत्ता भएपछि प्रहरीले हजारौँको सामान बरामद गरेको छ।

प्रहरीको टोलीले करिब ४५ हजार रुपैयाँ मूल्य बराबरको वनस्पति घ्यु बरामद गरेको छ। बरामद गरिएको वनस्पति घ्युलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा पठाइएको छ।

यसैगरी विष्णु गाउँपालिका २ को बारा टोलबाट नेपालबाट भारततर्फ अवैध रुपमा लगिराखेको रक्सी मदिरा प्रहरीले बरामद गरेको छ। भारततर्फ लुकाएर लगिरहेको अवस्थामा प्रहरीको गस्तीलाई देखेपछि फालेको मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले दुई कार्टुन सफी र दुई कार्टुन भर्जिन मदिरा बरामद गरेको छ।

बरामद गरिएको मदिराको मूल्य करिब छ हजार रुपैया रहेको सर्लाही प्रहरीले जनाएको छ। बरामद भएका सबै अवैध सामग्रीलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पुर्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी गराए। 

प्रकाशित: २६ मंसिर २०७८ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App