समाज

हिमाली जिल्लामा हिमपात

फाइल तस्बिर

बिहीबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात भएको छ। कर्णालीका हुम्ला, मुगु र जुम्लाँसँगै सुदूरपश्चिमको बाजुरामा हिमपात भएको हो।

हिमाली जिल्लाका तल्लो क्षेत्रमा सामान्य हिमपात भए पनि माथिल्लो क्षेत्र (हिमाली भेग) मा भारी वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ। केही जिल्लामा सामान्य वर्षा भए पनि भारी वर्षा भने नभएको जन तथा मौसम विज्ञान कार्यालयका प्रमुख विनोद पराजुलीले जनाए। ‘हिमाली जिल्लामा हिमपात भएको छ,’ उनले भने, ‘केही जिल्लामा सामान्य मात्रामा वर्षा भएको रेकर्ड छ।’ पहाडी जिल्लामा शुक्रबार केही वर्षा हुने भए पनि तराईका जिल्लामा भने चिसो मात्र हुने र वर्षा नहुने उनको भनाइ छ।

हिउँ परेपछि अत्यधिक चिसो भएको हुम्लाकी ममता भण्डारीले जनाइन्। ‘बिहीबार हुम्लामा हिमपात परेको छ,’ उनले भनिन्, ‘चिसोले गर्दा एक ठाउँबाट अर्काे ठाउँ आवजावत गर्नै समस्या भएको छ।’

हुम्ला उत्तरी नाम्खा गाउँपालिकामा दोस्रोपटक हिमपात भएको छ। उत्तरी नाम्खा गाउँपालिका उच्च भेगमा पर्ने भएकाले बिहानैबाट हिमपात सुरु भएको छ। हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ।

प्रकाशित: १६ मंसिर २०७८ १३:१९ बिहीबार

हिमाली जिल्ला