समाज

१५ किलो चरेशसहित गोरखामा एक महिला पक्राउ

१५ किलो चरेशसहित गोरखामा एक महिला पक्राउ।

१५ किलो दुई सय ग्राम लागुऔषध चरेशसहित प्रहरीले एक महिलालाई गोरखामा पक्राउ गरेको छ। धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई बुधबार बिहान साढे १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए।

लाप्राकबाट गोरखा छेवेटार तर्फ आउँदै गरेको बा २० च ९३३२ नम्बरको बोलेरो जिपमा चरेश बोकेर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ। गाडी चेकजाँच गर्ने क्रममा महिलाले झोलामा लुकाएर राखेको १४ किलो आठ सय ग्राम र उनको घर लाप्राकमा चार सय ग्राम गरी १५ किलो दुई सय ग्राम चरेश बरामद गरिएको डिएसपी दाहालले बताए।

ति महिलालाई जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरि अनुसन्धान भईरहेको र गाडीमा सवार चालकसहित अन्य तीन जनासँग पनि सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।

पहेँलो झोला भित्र लुकाएर प्लास्टीकको छुट्टाछुट्टै पोको बनाएर ति महिलाले चरेश ल्याएको चेकजाँचका क्रममा प्रहरीले भेटेपछि गाडीसहित नियन्त्रणमा लिएको जनाएको छ। लागुऔषधसहित पक्राउ परेकी गुरुङले आफैँले घरमा चरेश उत्पादन गरेको बताएकी छिन्। उनले बिक्रीका लागि सदरमुकामतर्फ ल्याउँदै गरेको प्रहरीसँग बताएकी छिन्। लाप्राकमा होटल संचालन गर्दै आएकी ति महिलाले चामल लिएर गएको गाडीलाई फर्कने बेला आफू पनि गोरखा जानुपर्ने बताएपछि सँगै आएकी थिईन्।

पक्राउ परेकी महिलालाई दुईदेखि १० वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था रहेकाे छ।

प्रकाशित: २५ कार्तिक २०७८ १४:४४ बिहीबार

१५ किलो चरेश