समाज

भक्तपुर साकोसद्वारा रक्तदान

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत वर्ष महोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको छ।

रेडक्रस सोसााइटी भक्तपुरको प्राविधिक सहयोगमा बुधबार सूर्यमढीमा रक्तदान कार्यक्रम भएको हो। संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिबाट रक्तदान गरी सुरु भएको उक्त कार्यक्रममा पुरुष ४८ जना र महिला ६ जना गरी जम्मा ५४ जनाले रक्तदान गरेको भक्तपुर साकोसले जनाएको छ।

सोही अवसरमा संस्थाले कात्तिक २५ गते सरसफाइ कार्यक्रम, कात्तिक २६ गते सुकुन्दा र्याली र कात्तिक २७ गते सूर्यमढी डबलीमा रजत वर्ष महोत्सव गर्ने तयारी गरेको संस्थाले जानकारी दिएको छ।

प्रकाशित: २४ कार्तिक २०७८ ०९:५० बुधबार

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रजतवर्ष