विद्युतीय झट्का लागेर उदयपुरमा आइतबार एकजनाको ज्यान गएको छ। घरनजिकैको बाँस काट्ने क्रममा करेन्ट लागेर जिल्लाको रौतामाई गाउँपालिका ८ खमारेका ४१ वर्षीय डम्बरबहादुर मगरको ज्यान गएको हो।
विहान ९ः३० बजेको समयमा बाँस ढाल्दा विद्युतीय तारमा छुन पुग्दा करेन्ट लागेर मगरको घट्नास्थलमै निधन भएको प्रहरी चौकी सुकौरालाई उद्धृत गर्र्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। करेन्टले मान्छेको ज्यान गएको खबर आएलगत्तै सुकौरा चौकीबाट खटेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेर सदरमुकामबाट टोली मगाएको थियो।
प्रहरी निरीक्षक कमाण्डमा खटेको जिल्ला प्रहरी टोलीले सर्जमिन गरी मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०७८ १३:४१ आइतबार