समाज

इलाममा ८ को मृत्यु, ७ बेपत्ता

करिब ४० घण्टायता अविरल रूपमा भइरहेको वर्षाले इलाममा जनधनको ठूलो क्षति गरेको छ। आज (बुधबार) बिहानसम्म इलाममा ८ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्।

दसैंमा माइतीघरबाट फर्किने क्रममा खोलामा आएको बाढीले बगाएर देउमाई नगरपालिका २ की ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ। उनी सन्दकपुर गाउँपालिका–२, माइमझुवा माइतीघर पुगेर फर्किदै थिइन्। 

जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार फाकफोकथुम गाउँपालिका–१, ठिङ्गेपुरका ३० वर्षे बिना शेर्मा (लावती), १४ वर्षे आइतबहादुर राई, फाकफोकथुम ३, सल्लेरीकी ७५ वर्षीया रन्धता थापा (कटवाल) १५ वर्षे निशान कटवाल, १२ वर्षे निश्चित कटवाल, सूर्याेदय नगरपालिका–३, जिलका ४९ वर्षे नारायण मोतेको पहिरोमा परी मृत्यु भएको छ। 

माई नगरपालिका–३ बेतिनीका विशाल तामाङको रूखको हाँगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। फाकफोकथुम गाउँपालिका–३ कै ८६ वर्षे नैनसिंह कटवाल, सूर्याेदय नगरपालिका ३ जिलका २ आमाछोरा र माङ्सेबुङ गाउँपालिका ६ का ४ जना  पहिरोमा बेपत्ता छन्। उनीहरूको खोजी र बाढी–पहिरोपीडित अन्यको उद्धार भइरहेको एसपी श्रेष्ठले बताए।  

प्रकाशित: ३ कार्तिक २०७८ ०६:४० बुधबार

देउमाई नगरपालिका इलाममा ८ जनाको मृत्यु जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठ जनधनको ठूलो क्षति