समाज

सुदूरपश्चिमका पत्रकार चन्दको निधन

सुदूरपश्चिममा पत्रकारिताको जग बसाल्ने र सत्य, निष्ठावान पत्रकारितामा जीवन समर्थित गरेका पत्रकार रामबहादुर चन्दको बुधवार निधन भएको छ। यस प्रदेशका पत्रकारीता क्षेत्रका अभिभावक रहेका चन्दको निधनले प्रदेशको पूरै पत्रकारिता क्षेत्र शोकाकुल भएको छ।  

काठमाडौं ललितपुर भैँसेपाटीस्थित छोरी ईश्वरी चन्दको घरमा बस्दै आएका चन्दको ९५ वर्षको उमेरका बुधवार बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो। पत्रकार चन्दले सत्य र निष्ठावानको पथमा रही आफ्नो व्यक्तिगत सम्पत्ति सिध्याएर सुदूरपश्चिममा पत्रकारिताको विकास गर्न योगदान पुर्‍याएकाले उनीप्रति सुदूरपश्चिममा सबैको उच्च श्रद्धा रहँदै आएको थियो।

विसंं. १९८३ मा बैतडीमा तत्कालीन चौखाम गाविस, ९ र हालको सिगास गाउँपालिकामा जन्मेका चन्दा कञ्चनपुर बसाइँ सरेर पञ्चायती व्यवस्थाको कठोर शासनको बेला पत्रकारिता सुरु गरेका थिए।  

विसं २०२६ सालमा महाकाली सन्देश पाक्षिक पत्रिका प्रकाशित गरेर चन्दले पत्रकारिताको सुरुवात गरेका थिए। कञ्चनपुरको महेन्द्रनगरमा बसेर लामो समय पत्रकारिता गरेका चन्दलाई प्रेस काउन्सिललले प्रेस स्वतन्त्रता सेनानीको सम्मान दिएको थियो।

प्रकाशित: २० आश्विन २०७८ १३:५९ बुधबार

प्रेस स्वतन्त्रता सेनानी राम बहादुर चन्द निधन