समाज

बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

भारतबाट दसैं मनाउन घर फर्केका तीन जना युवामध्य एक जनाको बबई नदीमा डुबेर मृत्यु भएको छ। बाग्लुङ घर भएका हुकुम बिकको बबई नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बबई नदीमा डुबेर बारबर्दियाका लेखनाथ पौडेल बेपत्ता भएको र विष्णु खनालको सकुशल उद्धार गरेको एसपी ईश्वर कार्कीले जानकारी दिए। भारतबाट आएका बेपत्ता पौडेलको खोजी कार्य जारी छ। खोजी कार्यमा बबई नदी तटीय क्षेत्रमा व्यापक प्रहरी परिचालन भएको छ।  

घटना बारेमा बिस्तृत अनुसन्धान र तटीय क्षेत्रमा बेपत्ताको खोजी कार्य तीव्र पारिएको एसपी कार्कीले बताए।

प्रकाशित: १८ आश्विन २०७८ १४:२८ सोमबार