समाज

कार्टुनिष्ट रविन सायमीले गरे विभूषण नलिने घोषणा

कार्टुनिष्ट रविन सायमीले सरकारबाट दिइएको विभूषण नलिने घोषणा गरेका छन्। उनले सामाजिक सन्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन्।  

सायमीले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु।’

संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ।

प्रकाशित: ३ आश्विन २०७८ ०४:५३ आइतबार

कार्टुनिष्ट रविन सायमी