समाज

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिएको छ। शुक्रबार बिहान महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गर्न थालेपछि प्रहरीले  ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको छ।

‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए। उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो। एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा छलफल गर्न आगामी साता नेपाल आउने भएका छन्।

नेपाल सरकारले एमसीसीसँग सम्झौता गर्दाको समझदारीअनुसार संसद्बाट अनुमोदन गराउनेरनगराउने विषयमै अल्झिँदा परियोजना कार्यान्वयन सुरु भएकै छैन। ५ सय मिलियन अमेरिकी डलर अनुदानको परियोजना अघि नबढेपछि अमेरिकाले उच्च चासो व्यक्त गर्दै आएको छ।

प्रकाशित: १८ भाद्र २०७८ ०७:०७ शुक्रबार

एमसीसीको विरोधमा