समाज

भोलिदेखि उपत्यकामा थुप्रिएको फोहोर उठाइने

काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो।

करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित नगरपालिकाले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छाड्दा शहरका सडक, गल्ली, चोक र नदी किनारमा पनि फोहोरका थुप्रा थिए।

लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले बताए।

सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको  र त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको भन्दै उनले प्रधानमन्त्री र विभिन्न निकायसँग अपील गरेर फोहोर उठाउने वातावरण बनाइएको बताए। 

प्रकाशित: १५ भाद्र २०७८ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App