समाज

रोल्पामा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ। रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिए।

घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा बेलुकी ५ः३० बजेतिर चिउरीको बोटबाट निस्किएका अरिङ्गाले उनलाई टोकेको थियो। उनलाई प्राथमिक स्वास्थ्य चौकी जङ्कोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा अस्पताल रेउघामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पुनले जानकारी दिए। 

उनी कक्षा ६ मा अध्ययनरत थिए।

प्रकाशित: ८ भाद्र २०७८ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App