समाज

महिलाले गरिन् आफ्नै नवजात शिशुको हत्या

बैतडीमा एक महिलाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छिन्। जिल्लाको डिलासैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन्। अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको  

जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ। आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।  

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए। माधवीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनका श्रीमान वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ। गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको बुझिएको छ।

प्रकाशित: ८ भाद्र २०७८ ०८:३७ मंगलबार

महिलाले गरिन् नवजात शिशुको हत्या