समाज

थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ जना रहेको छ।  

यसैगरि, २ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएका छन्।  

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय रहेको छ।

प्रकाशित: ३ भाद्र २०७८ ११:०८ बिहीबार

कोरोना संक्रमण