समाज

उत्तरी गोरखा लोक्पाकाे पहिरोमा १६ वटा खच्चड पुरिए

पहिरोले खच्चड पुरिएको ठाउँ देखाउँदै प्रहरी।

उत्तरी गोरखाको लोक्पामापहिरोमा १६ वटा खच्चड पुरिएको छ। मंगलवार चुमनुब्रीगाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाशदाहालले बताए। 

चुमनुब्रीगाउँपालिका६ स्थित डुयु खोलामापाँच सय मिटर माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा खच्चड पुरिएको घटना स्थलपुगेको सिर्दिबास प्रहरीलाई उदृत गर्दै जिल्लाप्रहरी कार्यालय गोरखाले जनाएको छ। सिर्दिबास चौकीबाट बुधवार प्रहरी पहिरो गएको ठाउँ पुगेर त्यहाँको अवस्थाअध्ययन गरेर फर्किएको हो।

छेकम्पार सामग्री पुर्‍याएर सिर्दिबास तर्फ ल्याउने क्रममा खच्चड पुरिएको हो। एउटा खच्चडको मूल्य एक लाख देखि माथि सम्म पर्छ। गत साउन २० गते डुयु खोलामा रहेको झोलुङ्गे पुलपनिपहिरोले बगाएको थियो। त्यसयता काठको फड्को बनाएर स्थानीयआउजाउगर्ने, खच्चड ल्याउन लैजाने गरेका थिए। अहिले पहिरोले फड्के पनिबगाएको स्थानीयले बताएका छन्।  

पहिरोका कारण छेकम्पार आउजाउगर्न स्थानीयलाई समस्याभएको स्थानीयनिमालामाले बताए। उत्तरी गोरखाको चुमनुब्रीगाउँपालिकामा ढुवानीको मूख्यमाध्याम खच्चड हो। खच्चड हिड्ने बाटो नभएपछि त्यहाँखाद्यान्नहाहाकारको अवस्थाआउने खतरा सँगै दैनिकगुजारा चलाउन समेत स्थानीयलाई समस्याहुने उनले बताए।

प्रकाशित: ३ भाद्र २०७८ ०४:५० बिहीबार

उत्तरी गोरखाको लोक्पामापहिरो ६ वटा खच्चड पुरियो