समाज

प्रदेश १ मा ६ सय ६० जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १ हजार ९८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा १ सय ५१, मोरङमा १ सय २४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ।

झापाको विर्तामोडमा ३८, दमकमा २७, कनकाईमा २३, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, मेचीनगरमा ८, बुद्धशान्तिमा ६, गौरादह र बाह्रदशीमा ५–५, भद्रपुर र कमलगाउँपालिकामा ३–३, हल्दिबारी र गौरीगञ्जमा १–१, मोरङको सुन्दरहरैँचामा ५५, विराटनगरमा ३६, उर्लाबारीमा १४, मिक्लाजुङमा ४, केराबारीमा ३, कानेपोखरी, बेलबारी र रतुवामाईमा २–२, बुढीगंगा र लेटाङमा १–१, सुनसरीको इटहरीमा ८४, धरानमा ५, रामधुनीमा २, भोक्राहानरसिंह, दुहबी र स्थानीय तह नखुलेका १–१, इलामको सूर्योदय र चुलाचुलीमा २–२, इलाम नगरपालिका, सन्दकपुर, माईजोगमाई र मांसेबुङमा १–१, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र छथर जोरपाटीमा १–१, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आइतबार ५ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ७५ महिला र ३ सय ३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

मृत्यु हुनेमा ६ महिला र ९ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०७८ १२:५४ आइतबार

प्रदेश १ कोरोना संक्रमण