समाज

थप ३ हजार १०८ जनामा कोरोना संक्रमण, २५ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका ८ हजार ८३६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २०२ र ४ हजार २९९ जनको एन्टिजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण देखिएको हो।

यस्तै, २४ घन्टामा १५ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०७ रहेको छ।

यसैगरि, कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ रहेको छ। 

प्रकाशित: ५ श्रावण २०७८ ११:११ मंगलबार

कोरोना संक्रमण