समाज

फैसलाको १० वर्षपछि दोषी पक्राउ

प्रहरीले १० वर्षपछि वन मुद्दाका दोषीलाई पक्राउ गरेको छ। माई नगरपालिका–४, दानाबारीका ३५ वर्षे कोविद भनिने केशव दाहाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  

अदालतले दाहाललाई २०६८ फागुन ११ मा १ वर्ष कैद र ५४ हजार ७० रुपैयाँ जरिमानाको फैसला गरेको थियो। पक्राउ दाहाललाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।

प्रकाशित: ३ श्रावण २०७८ १४:०९ आइतबार