समाज

प्रदेश १ मा ८ सय ३९ संक्रमित थपिए

प्रदेश नम्बर १ मा शुक्रबार ८ सय ३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मोरङमा ३ सय ३०, सुनसरीमा ३ सय ६, झापामा १ सय १७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र तेह्रथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुंगा र खोटाङमा १–१ तथा प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मोरङको विराटनगरमा १ सय २१, सुन्दरहरैँचामा ६३, उर्लाबारीमा ४२, बेलबारीमा ३३, लेटाङमा १८, पथरीशनिश्चरेमा १४, बुढीगंगामा ९, रंगेली र कानेपोखरीमा ५–५, रतुवामाई र कटहरीमा ४–४, जहदा, सुनबर्षी, ग्रामथान र मिक्लाजुङमा २–२, केराबारीमा १, स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा १ सय ७७, धरानमा ७२, बराहक्षेत्रमा १४, इनरुवामा ७, रामधुनीमा ८, बर्जुमा ५, दुहबी र भोक्राहानरसिंहमा ४–४, गढीमा २, देवानगञ्ज र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ११, झापाको दमकमा ३१, विर्तामोडमा २४, कनकाई र भद्रपुरमा ११–११, अर्जुनधारामा ९, मेचीनगर र शिवसताक्षीमा ६–६, बुद्धशान्ति र गौरादहमा ४–४, कमल गाउँपालिकामा २, हल्दिबारी, कचनकवल,गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र ताप्लीमा ४–४, बेलका र स्थानीय तह नखुलेका ३–३, कटारी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, महालक्ष्मीमा ४, साँघुरीगढीमा १, इलामको इलाम नगरपालिकामा ३, रोङ र सूर्योदयमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, पौवादुङ्मा, टेम्केमैयुङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा २, चिचिला र चैनपुरमा १–१, तेह्रथुमको फेदाप र लालीगुराँसमा १–१ र स्थानीय तह नखुलेका २, पाँचथरको कुम्बायक, याङवरक र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको आठराई त्रिवेणीमा १, ओखलढुंगामा १, खोटाङमा १ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ७ सय ७६ पुगेको छ । संक्रमित भएका मध्ये ७० हजार ४ सय ३० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ११ जना रहेको छ । शुक्रबार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३ हजार ५ सय ९ जनाको  पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३ सय ८४ महिला र ४ सय ५५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १ श्रावण २०७८ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App