समाज

देशका विभिन्न स्थानमा भारी बर्षा हुने

आज देशका विभिन्न स्थानमा  सामान्य देखि पूर्ण बदली रही रहने मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ।  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर - पश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर - पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

प्रकाशित: २९ असार २०७८ ०३:५१ मंगलबार

मौसम