समाज

थप २ हजार ३७० जनामा कोरोना संक्रमण, १८ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरि, २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ भने १ हजार १३३ जना निको भएका छन्।  

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७१२ जना रहेका छन्।

प्रकाशित: २८ असार २०७८ ११:४८ सोमबार

कोरोना संक्रमण