समाज

माया घर नेपालमा आश्रय लिइ बसेका ३६ जनामा कोरोना संक्रमण

कोरोना संक्रमितलाई इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्य सामग्री प्रदान गर्दै। तस्बिर : नागरिक

इटहरी वडा नं. २ मा रहेको माया घर नेपालमा आश्रय लिइ बसेका ३६ जनामा कोरोना संक्रमण भएको छ। माया घर नेपालमा आश्रितमध्ये ५० जनाको कोरोना परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो।  

इटहरी अस्पतालको आकस्मिक विभाग प्रमुख तथा कोरोना होम आइसोलेसन सपोर्ट टिम संयोजक रामकुमार धमलाका अनुसार ३६ संक्रमितमध्ये २८ जनामा सुख्खा खोकी, ज्वरो, वान्ता हुने, खान मन नलाग्नेजस्ता लक्षण देखिएको छ। संक्रमितलाई इटहरी अस्पतालले हेल्थ मोनिटरिङ गरिरहेको जानकारी दिइयो।

संक्रमित सबैलाई उपचारमा सहयोग पुग्ने पल्स अक्सिमिटर, माक्सलगायत स्वास्थ्य सामग्री इटहरी उपमहानगरपालिलकाले प्रदान गरेको छ। माया घरमा आश्रय लिएकामध्ये संक्रमित र संक्रमण नभएकालाई छुट्टाछुटै राखेर सावधानी अप्नाइको छ। माया घरले घरबारविहीन भएका, मानसिक सन्तुलत ठीक नभएकालगायतका ८७ जना महिलालाई आश्रय दिँदै आएको छ। 

प्रकाशित: २७ असार २०७८ १३:४७ आइतबार

कोरोना संक्रमण