समाज

भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु

भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको हो।

नगरसभाको उद्घाटन सत्रपश्चात बसेको औपचारिक बैठकमा बोल्दै नगर प्रमख सुनिल प्रजापतिले जनप्रतिनिधिहरुले ४ वर्षको कार्यकालमा निर्वाचनको बेला घोषणापत्रमा उल्लेखित बुँदाहरु पूरा गन निरन्तर प्रयास गरिरहेको उल्लेख गरे।  

नगरसभाको पहिलो बैठकबाट भक्तपुर नगरपालिकाको आव्हानमा अक्सिजन प्लान्ट स्थापनाको लागि सहयोग गरेका नगरबासीहरु, चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमी नपा लगायत अन्य जिल्लाका दाताहरु तथा देश विदेशबाट आर्थिक एवं भौतिक सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त महिनाको छोटो समयमा ६ करोड ४ लाखभन्दा बढी नगद संकलन भएकोमा खुशी व्यक्त गरे। सभाबाट चारवटा प्रस्तावहरु पारित गरिएको थियो।

प्रकाशित: ७ असार २०७८ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App