समाज

बादँरलाई हानेको गोलीले आफ्नै साथीको मृत्यु

बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर आफ्नै साथीको मृत्यु भएको छ। यहाँको घ्यालेख गाँउपालिका बस्ने २४ वर्षीय धनराज घलानको आफ्नै साथीले बाँदरलाई हान्दा लागेको गोलीले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

मकैबारीमा बाँदरलाई भनि धनराजका साथी कान्छामान घलानले पड्काएको भरुवा बन्दुकले धनराजको बाया कोखामा गोली लागि गम्भिर घाइते भएपछि उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानियलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाका अनुसार दुई नाल भरुवा बन्दुकसहित बन्दुक पड्काउने कान्छामानलाई पक्राउ गरिएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ११:०१ सोमबार

बादँरलाई हानेको गोलीले आफ्नै साथीको मृत्यु