समाज

भीरबाट लडेर बालकको मृत्यु

बैतडीमा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–३ बरकुरालीका १३ वर्षीय महेश नाथको भीरबाट लडेर मृत्यु भएको हो। 

महेशको शुक्रबार बिहान करिब १० बजेतिर बटुन्याबाटा भन्ने खरफागलाको भीरबाट लडेर मृत्यु भएको स्थानीय राम नाथले बताए।  

भीरबाट करिब २ सय मिटर तल खसेका महेशको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित: १४ जेष्ठ २०७८ १५:०० शुक्रबार

भीरबाट लडेर मृत्यु