समाज

बाँकेमा निषेधाज्ञाको समय बढाइयो

स्थानीय प्रशासनले गरेको निषेधाज्ञामा कडाई गर्दै बाँके प्रहरी। तस्बिर: नागरिक

नयाँ भेरियन्टसहित कोरोना महामारी तिव्ररुपमा बढेपछि बाँके प्रशासनले निषेधाज्ञाको समय बढाएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गर्दै आगामी जेठ ३ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको हो।

प्रशासन कार्यालयले आगामी जेठ ३ गते राती १२ बजेसम्मका लागि तेस्रोपटक निषेधाज्ञा थप गरेको हो। कोरोना महामारीबाट संक्रमण दरमा कमी नआएपछि परिस्थती असहज बनेको हुँदा निषेधाज्ञा बढाउनु परेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन्।

‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निषेधाज्ञाको समय थप गर्नु परेको हो,’ उनले भने। प्रशासनले यही वैशाख ९ गतेदेखि नेपालगन्ज क्षेत्रमा र त्यसपछि बैशाख १३ गते रातीदेखी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाका क्रममा एम्बुलेन्स, शव वाहन, दमकल, झण्डावाल सवारी र निलो (कुटनितिक) प्लेटका सवारी साधन, लामो दुरीका सवारी तथा मालवाहक साधन, निर्माण सामाग्री ढुवानीका साधन, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधन, अनुमति(पास) प्राप्त सवारी साधन सञ्चालन हुन पाउने स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७८ ०४:४९ मंगलबार

बाँकेमा निषेधाज्ञा