समाज

प्रदेश २ मा थपिए ३६२ संक्रमित

प्रदेश २ मा आइतबार ३सय६२ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या २ हजार ९सय१२ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १सय११, बारामा २६, रौतहटमा १५, सर्लाहीमा ११, महोत्तरीमा ५०, धनुषामा १सय१३, सिरहामा २५, सप्तरीमा ११ जना संक्रमित थपिएका छन्।

सबैभन्दा बढी पर्सामा १ हजार ५सय ४०, बारामा ३ सय ०७, रौतहटमा १ सय ६९, सर्लाहीमा १६, महोत्तरीमा २ सय, धनुषामा ५ सय २५, सिरहामा ७५ र सप्तरीमा ८० जना सक्रिय संक्रमित छन्। संक्रमित बढी भएको पर्सा, बारा र धनुषा जिल्लालाई सरकारले शुक्रबार रेड जोनको सूचीमा रोखेको छ।

प्रकाशित: १९ वैशाख २०७८ १४:०० आइतबार

कोरोना संक्रमित प्रदेश स्वास्थ्य निर्देशनालय