समाज

बुटवलको कोरोना अस्पतालमा आधा घण्टाको फरकमा ३ जनाको मृत्यु

बुटवलको धागो कारखानामा संचालित कोरोना विशेष अस्थाइ अस्पतालमा उपचारत तीनजना संक्रमितको मृत्यु भएको छ । आधा घन्टाको फरकमा तीन जनाको मृत्यूू भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए  । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना बिशेष अस्पतालको आइसियूूमा उपचार गराइरहेका दुुइ पुरुष र एक महिलाको मृत्यू भएको हो ।

बुटवल ११ का ३१ वर्षिय पुरुषको राती २ः३० बजे, बुटवल १४ का ६६ वर्षिय पुरुषको २ ः ४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरि विहान ३ बजे मायादेबी ६ का ७२ वर्षिया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा. गौतमले बताए ।

मृतकमध्ये २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका हुन । लुम्बिनी प्रादेशिकमा मात्रै कोरोनाबाट हालसम्म  १ सय २९ जनाको मृत्यूू भएको छ । कोरोना बिशेष अस्पतालमा रहेको १५ बेड आइसियूू भरिभराउ छ ।  प्रादेसिक अस्पतालको फिभर क्लिनिकका ७ बेड पनि संक्रमितले भरिएको छ । भैरहवाको भिम अस्पतालमा पनि आइसीयु सहित सामान्य बेडहरु पनि संक्रमितले भरीएका छन ।  

अस्पतालहरुमा बेड अभाव भएपछि गम्भिर लक्षण सहितका संक्रमितहरुको उपचार नपाइ ज्यान जाने अवस्था आएको छ । यहाँका अस्पतालहरुमा बेडसंगै अक्सिजन समेत अभाव सुरु भएको छ । ३ जनाको मृत्यूसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ । बुधबार पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित: १६ वैशाख २०७८ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App