समाज

उपत्यकामा वैशाख २२ गतेदेखि पुन: निषेधाज्ञा थपिने

काठमाडौँ उपत्यकाका तीन जिल्लामा जारी गरेको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ।  

काठमाडौं उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।

 निषेधाज्ञाको खबर सार्वजनिक भएसँगै विहानै देखि बसपार्कमा गाउँ फर्फिने मान्छेको ठुलो भीड लागिरहेको छ। 

प्रकाशित: १४ वैशाख २०७८ ०४:५१ मंगलबार

उपत्यकामा पुन निषेधाज्ञा