समाज

चट्याङबाट एक महिलाको मृत्यु

चट्याङ लागेर मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीकी एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान ८ बजेतिर आएको हावाहुरी र बर्षासँगै परेको चट्याङले ४३ वर्षीया सुकवती राजवंशीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राई बताए।  

घर नजिकै गाईगोरु सार्न जाने क्रममा चट्याङ लागि घाइते भएकी राजवंशीलाई उर्लाबारीस्थति मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्‍याएपछि डाक्टरले मृत घोषित गरेको डिएसपी राईले बताए।

प्रकाशित: ९ वैशाख २०७८ ०९:२७ बिहीबार

चट्याङ महिलाको मृत्यु