समाज

बाघले मान्छे लग्यो, खोजी कार्यका निकुञ्जको हात्तीसहितको टोली परिचालन

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघले मान्छे लगेपछि खोजी कार्यका लागि निकुञ्जको हात्तीसहितको टोली परिचालन गरिएको छ। सामुदायिक वनमा भैसी चराउँन गएकालाई पाटे बाघ आक्रमण गरेको खबर प्राप्त भएपछि हात्ती सहितको निकुञ्जको टोली परिचालन गरिएको राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख रविन कडरियाले वताए।  

उनका अनुसार निकुन्जको मध्यवर्ती स्थित गेरुवा गाउँपालिकाको नौरंगाको सामुदायिक वनमा भैसी चराउन गएका बाघले आक्रमण गरेर जंगलतर्फ लगेको अर्का जंगलसँगै गएका साथीले निकुञ्ज प्रशासनलाई जानकारी गराएका छन्।  

‘खोजी कार्यका लागि हात्तीसहितको टोली परिचालन भएको छ’उनले भने। वाघले कहिल्य बोकेर र घिसार्दे लैजाने हुनाले शव फेला पर्ने सम्भावना हुने निकुञ्जका कर्मचारीले बताए। घिसार्दे लगेको पदचापवाट पत्ता लगाईने हुनाले र हात्ती बाघको टेरोटरीमा पुगेपछि कराउने भएकाले तत्काल शवको अवस्था पत्ता लाग्ने निकुञ्जको भनाई छ।  

अघिल्लो महिना मोटरसाईकलमा सवार एक महिलालाई थुतेर जंगल तर्फ लगेको शव करिब घटनास्थलदेखि २ सय मिटरको दुरीमा फेला परेको थियो। यतिखेर वाघको आक्रमण त्रास बढिरहेको छ। ६ महिनाको अवधिमा पाटे बाघको आक्रमणबाट जिल्लामा ७ जनाको ज्यान गएको छ।

प्रकाशित: १७ फाल्गुन २०७७ १३:०० सोमबार

बाघकाे आक्रमण