समाज

सिनेट क्लबका सञ्चालकबाटै ग्राहकमाथि कुटपिट र लुटपाट

सरकारले कोरोना संक्रमणकै क्रममा मनोरन्जनका लागि नाइट क्लब र रात्रीकालिन व्यवसायहरु खुला गर्न अनुमतिदिएसँगै निर्वाध खुलेको ठमेलस्थित सिनेट क्लबमा गएका ग्राहकलाई क्लबकै सञ्चालकहरुले कुटपीट गरी लुटपाट गरेका छन् । शनिबार राती क्लबका सञ्चालक छेतन लामाले ग्राहक इभान कार्की माथि कुटपीट मात्रै गरेनन् ५ लाख तिर्नुपर्ने कागज गराएर छाडेका थिए । क्लबका सञ्चालक लामाले कार्कीलाई क्लबमा बसिरहेका बेला बाउन्सर लगाएर कुटपीट गरेको, मोवाइल लुटपाट गरेको तथा उनीसँग भएको एटिएमकार्डको पीननम्बर मागेर बैंकमा भएको पैसासमेत निकालेका थिए । ‘मेरो एटिममागेर बैकमाभएको पैसा समेत निकाले मलाई कुटपीट गरे खल्तीमा भएको पैसा पनिलिए’, पीडित कार्कीले नागरिकसँग भने ।  

काभ्रेली समूहमा रहेर गुण्डागर्दी गर्ने छेतेन लामाले अन्र्तराष्ट्रिय प्रतियोगीतामा सट्टेवाज खेलाउदै आएको र त्यसकै आडमाठमेलमा सेनेट क्लब खोलेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी अशोक सिंहले सो क्लबमा ग्राहक माथि कुटपीट तथा लुटपाट गरिएको त्यसको उजुरी परिसरमा आएको पुष्टि गरेका छन् । ‘ठमेलस्थित एक क्लबम ाग्राहकमाथि कुटपीटभएको र लुटपाटभएको खबर पाएका छौं ’, उनले भने।  उनकाअनुसार परिसर काठमाडाौमा लामा विरुद्ध कार्कीले लुटपाट र कुटपीटको उजुरी गरेका छन् ।

पीडित कार्कीकाअनुसार लामाले बाउन्सर लगाएर आफ्नो अफिसमा पुर्याएपछिकुटपीट गरेका थिए । साथै प्रहरीलाई खबर गरे वा अन्यठाउँमा उजुरी गरे ज्यान जाने भन्दै धम्क्याएर एउटा बिलमा १ लाख ५० हजारको सही गराएको र अर्को एउटा कागजमा ५ लाखतिर्नु भएको कागज गराएर छाडे काथिए । साथै लामालाई आफूले पैसा तिर्नु रहेको भन्दै भिडियो रेकर्ड समेत गराएर छाडेकाथिए । आफ्ना साथीहरुसहित क्लबमा पुगेका कार्की केही महिना अघिमात्रै दुबइबाट काठमाडौ आएका थिए । लामाले कार्कीमाथि कुटपीट र लुटपाट गरेपछि राती १२ बजे सडकमा छाडेका थिए ।

‘प्रहरीलाई भनिस भने ज्यान छैन भन्ने ठान्नु भनेर थर्काए’, कार्कीले भने । लामाको सो क्लबलाई अंग्रेजी नयाँ वर्षको दिनमहानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले सुरक्षा दिएको थियो । स्वास्थ्य सुरक्षामापदण्ड विपरित नै खुला गरेको सो क्लबमाप्रहरीकै सुरक्षामा खोलिनुले र कार्कीमाथिको कुटपीटले प्रहरीसँग लामाको साँठगाँठभएको हुन सक्ने गरिएको छ । काठमाडौमागुण्डागर्दी निकै कमभएको अवस्थाठमेलकानाइटक्लब सञ्चालकहरुले ग्राहकहरुलाई धम्क्याउनु तथालुटपाटगर्नुले प्रहरीमाथि समेत  प्रश्नउठ्न थालेको छ । प्रहरीले क्रिसमस र अग्रेजीमहिनाको न्यू एयर इभमनाउने क्रममा सेनेट र लाउञ्चबारमा सुरक्षाकर्मी खटाएर राखेको थियो । 

लाउन्जले भित्रप्रवेश गर्न टिकटकाट्नुपर्ने व्यवस्था गरेको र  ग्राहकको टिकट चेक गर्ने जिम्मेवारी प्रहरीको थियो । जसले गर्दा प्रहरी र क्लब व्यवसायीहरुबीचको सम्बन्धकै कारणलामाले सेनेट क्लबका लामाले ग्राहकमाथिकुटपीटगर्ने र लुटपाटगर्ने आँट गरेको हुनसक्ने परिसरका एक प्रहरीले भने । ‘हामीले ठमेल क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका लागि प्रहरी खटाउनु भनेकाहौ क्बलमा प्रवेश गर्ने ग्राहकको टिकट चेक गर्न प्रहरी खटाएको होइन त्यस बारेमा लैनचौर वृत्तका प्रमुखलाई सोधपुछ गरिएको छ’, परिसरका एक प्रहरी अधिकृतले भने ।

तर क्लब सञ्चालक लामाले आफूले सट्टेवाजी नखेलाएको र कुनै पनि समूहसँगको गुण्डागर्दीमा संलग्न नभएको बताएका छन् ।  साथै उनले इभान कार्कीसँग पूरानो लेनदेनको हिसाव भएको पनि बताएका छन् । लामालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएर  एक रात हिरासतमा राखी भोलीपल्ट सोमबार कार्कीसँग मिलापत्र गराई छाडेको थियो ।

प्रकाशित: २७ पुस २०७७ ०४:२० सोमबार