समाज

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई पनि कोरोना संक्रमण

प्रशासन कार्यालय सिल

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारीलाई नै कोरोना पुष्छि भएपछि ताप्लेजुङ प्रशासन कार्यालय ७ दिनलाई सिल गरिएको छ। ७ दिनलाई कार्यालयको कामकाज ठप्प गरी प्रजिअ चापागाँइको सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गर्ने योजना बनाइएको छ।

प्रशासन कार्यालयका नायब सुब्बा रमेशप्रसाद सिग्देलले ७ दिन प्रशासन कार्यालयको कामकाज ठप्प हुने निर्णय भएको जानकारी दिए। ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराइसंगै एउटै हेलिकोप्टरमा सवार चापागाँइलाई समेत संक्रमण पुष्टि भएको हो।

मन्त्री भट्टराई आफैं संक्रमित भएर अहिले स्वास्थ्य लाभ गरिरहेका छन्। बिओपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट देखिएको हल्का ज्वरोका आधारमा प्रजिअ चापागाँईको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। स्वाब संकलनपछि प्रजिअ चापागाँइ प्रशासन कार्यालयकै आवास कक्षको क्वारेन्टिनमा थिए। 

उनले आफ्नो स्वाब परीक्षणको रिर्पोट पोजेटिभ आएकोले थप सतर्कताका साथ आइसोलेसनमा रहने बताए। उनका अनुसार अहिले उनमा ज्वरो सहितका कोरोनासंग मिल्लोजुल्दो केहि लक्षणहरु छैनन्। यसअघि मोरङको उर्लावारी इलाका प्रशासनबाट यहाँको प्रजिअ बनेर आएका चापागाँइको यहाँ आए लगत्तै गरिएको कोरोना परीक्षण रिर्पोट भने नेगेटिभ आएको थियो। 

प्रकाशित: २९ आश्विन २०७७ ०५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App