समाज

दीपकराज गिरीको अपीलः कुलमानको पुनर्नियुक्तिका लागि साँझ पाँच मिनेट बत्ती बन्द गरौं

कलाकार दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्न पाँच मिनेट बत्ती बन्द गर्न अपील गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आदरणीय साथिहरू ! कुलमानजी को पूनः नियुक्तिकालागि जन दबाब स्वरूप आजबाट हरेक सॉझ आठ बजे ५ मिनेट बत्ति निभाएर एक्यवद्दता प्रकट गरौ!’

यो पनि पढ्नुहोस्

पदले होइन कामले रच्छ इतिहास

घिसिङको चारवर्षे कार्यकाल आइतबारदेखि सकिएसँगै सरकारले गर्ने आगामी नियुक्ति चर्चाको विषय बनेको छ। मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकले नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने चर्चा चले पनि टुंगो लाग्न सकेको छैन। 

जनस्तरबाट घिसिङलाई नै निरन्तरता दिनुपर्ने आवाज उठिरहेको छ। तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लगिसकेको छैन। त्यसैले पनि प्राधिकरणको बागडोर कसले समाल्ने भन्ने अझै टुंगो लागेको छैन। नेतृत्व दोहो¥याउन चाहे पनि घिसिङ आफैं खुलेर बोलेका छैनन्।

प्रकाशित: २९ भाद्र २०७७ ०६:०४ सोमबार

दीपकराज गिरी कुलमान घिसिङ