समाज

बढ्यो काठ चोरीनिकासी

कोरोना भाइरसको जोखिमका बेला अवैध फँडानी बढेको छ। महामारीको मौका छोपी अवैध फँडानी गर्ने गिरोह रािष्ट्रय वन र साझेदारी वन क्षेत्रमा पसेका छन्। पछिल्लो पाँच महिनामा वन फँडानीका थुप्रै घटना बाहिर आएका छन्। वन तस्कर आफ्ना बन्दोबस्तीका समानसहित वनमा पसेका हुन्। उनीहरूले हरिया रूख फँडानी गरेर त्यसलाई गोलिया बनाई निकासी गर्ने गरेका छन्। लकडाउनमा अवैध फँडानी हुन सक्ने भन्दै डिभिजन वन कर्यालयले वन क्षेत्रमा गस्ती गरेको बताए पनि अवैध फँडानी भने रोकिएको छैन।

डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन स्यान्डिल्यले लकडाउनका बेला वन क्षेत्र गस्ती बढाइएको बताए। तर पनि काठ गिरोह वन पसेको उनले बताए। तस्कारहरूले हरिया रूख कटानी गरी निकासी गर्ने गरिएको पाइएको छ। लकडाउनको अवधिमा आधा दर्जनभन्दा बढी वन फँडानीको घटना बाहिर आएको उनले बताए। तस्करहरूको निसानामा साझेदारी र राष्ट्रिय वन परेका छन। अहिले सबैभन्दा बढी बाणगंगा नगरपालिका–१० पटनामा रहेको मायादेवी साझेदारी वनमा तस्करहरू पसेको स्थानीय बताउँछन्।

मायादेवी साझेदारी वनमा जिल्लाकै सबैभन्दा बढी वन अतिक्रमण भएको छ। त्यहाँ करिब ३ हजार हेक्टर वन अतिक्रमणको चपेटामा परेको छ। त्यसकारण पनि तस्करहरूले त्यही वनमा आँखा गाडेका छन्। गत वैशाख तेस्रो सातादेखि लकडाउनका कारण वनतर्फ अलि कम निगरानी गरिएको थियो। तर एक साताअघिबाट फेरि संयुक्त वन गस्ती भएपछि पटनाको गलहीबाट बुधबार दुई थान सालका हरिया काठसहित चारवटा मोटरसाइलक बरामद गरिएको अधिकृत स्यान्डिल्यले बताए। दुईवटा मोटरसाइकलको नम्बर प्लेट नै नभएकाले चोरीको हुन सक्ने बताइएको छ। अन्य दुईवटा मोटरसाइकल भने लु५प १२०५ र लु१४प २३६ नम्बरका छन्। सशस्त्र र वनका संयक्त गस्ती टोलीले काठ र मोटरसाइकल बरामद गरेको हो।

लकडाउनको अवधिमा आधा दर्जनभन्दा बढी वन फँडानीको घटना बाहिर आएको उनले बताए। तस्करहरूको निसानामा साझेदारी र राष्ट्रिय वन परेका छन। अहिले सबैभन्दा बढी बाणगंगा नगरपालिका–१० पटनामा रहेको मायादेवी साझेदारी वनमा तस्करहरू पसेको स्थानीय बताउँछन्।

उता गत वैशाख १७ गते मायादेवी साझेदारी वनमा सालका हरिया रूख फँडानी गरी तीनवटा गोलिया बनाइराखेका २०.३७ घनाफिट काठ बरामद गरिएका थियो। सो कार्यमा प्रयोग भएको लु २८ प ३९४१ नम्बरको मोटरसाईल समेत बरामद गरीएको छ। घटनामा संलग्नहरू भने फरार भएका थिए। गत वैशाख १५ गते मायादेवी साझदारी वनमा अवैध निकासी गरिरहेको अवस्थामा एक मोटरसाइकलसहित सालको ८.६१ घनाफिट गोलिया काठ तथा दुईजना पक्राउ परेका थिए। लु१८प २१७८ नम्बरको मोटरसाइकल र दुई नाबालक पक्राउ परेका थिए।

त्यस्तै गत वैशाख ११ गते बाणगंगा नगरपालिका–१० स्थित मायादेवी साझेदारी वनमा भलेरियादेखि भावपुर जाने बाटोमा पर्ने स्थानमा सालको रूख ढालियो। तस्कारहरूले रूख काटेर सातवटा गोलयिा बनाएका थिए। चोरी निकासी गर्न लुकाईछिपाई राखिएको अवस्थामा सात थान गोलियाको ३५.७४ घनाफिट काठ बरामद गरिएको थियो। तस्कहरहरू भने फरार भएका थिए। वैशाख ९ गते कृष्णनगर नगरपालिका–११ कप्तानगन्जको सागवनको बगैंचामा लुकाईछिपाई राखिएको अवस्थामा सिसौंका पाँचवटा गोलिया बरामद भएको थियो। सशस्त्र प्रहरीले बरामद गरेको सो काठ गौतम बुद्ध साझेदारी वनलाई बुझाइएको थियो।

लकडाउनको समयमा चोरी तस्करी र वन अतिक्रमण पनि बढिरहेको वन क्षेत्रमा गस्ती बढाइएको मायादेवी साझेदारी वन समूहका अध्यक्ष अजिज खाँले बताए। डिभिजन वन कार्यालय कपिलस्तुका प्रमुख ईश्वरीप्रसाद पौडेलले वन क्षेत्रमा बढाइएको निगरानीले अहिले वन जोगिएको दाबी गरे। ‘लकडानउमा फँडानी गर्न खोजिए पनि हामीले वन क्षेत्रमा गरेको गस्तीले धेरै हदसम्म फँडानी रोकेको छ,’ उनले भने।

प्रकाशित: १९ भाद्र २०७७ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App