समाज

सीमावर्तीबाट ओखर र छोहोरा बरामद

प्रहरीले भारततर्फ लैजादै गरेको अवस्थामा ओखर र छोहोरासहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–७ स्थित बेलासोबाट ४४ लाख ६९ हजार ९९० रुपैयाँ मुल्य बराबरको ओखर र छोहोरा बदामद गरेको हो ।

प्रहरीका अनुसार ३ सय ९६ बोरा ओखर र ५९ बोरा छोहोरा बरामद गरेको छ । प्रहरीले तस्करीकोे आरोपमा राजापुर नगरपालिका–४ बस्ने ३२ वर्षीय जाबेद मनिहार र ३० वर्षीय रमेश ढुँगानालाई पक्राउ गरेको छ ।

बरामद गरेका सामग्रीसहित दुबैजनालाई भन्सार कार्यालय गुलरिया, बर्दियामा बुझाइएको प्रहरी उपरीक्षक केदार रजौरेले बताए । प्रारम्भिक अनुसन्धानबाट ओखर र छोहोरा भारततर्फ लैजान लागेको खुलेको छ ।

प्रकाशित: ८ भाद्र २०७७ १६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App