समाज

धरानमा भदौ १० गतेसम्म लकडाउन थपियो

धरानमा भदौ १० गतेसम्म एक साता लकडाउनको समय थप्ने निर्णय भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले समुदायमा कोरोना संक्रमणको जोखिम अझै रहेको कारण पुनः एक साता लकडाउन थप्ने निर्णय गरेको हो । तर, यसपटक भने बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी र दूध बिक्री गर्न दिने निर्णय पनि गरिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् ।’ भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय भयो, तर बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी, दूधलगायत अत्यावश्यक वस्तु बिक्री गर्न दिने निर्णय भएको छ,’ उनले भनिन् ।

प्रकाशित: ३ भाद्र २०७७ ०२:५१ बुधबार

धरान लकडाउन