समाज

पर्सामा ‘लकडाउन’ कडा पार्न प्रहरीका साथमा सेना पनि परिचालन

फाइल तस्बिर : पर्साकाे वीरगन्ज

कोरोना संक्रमण बढेपछि निषेधाज्ञा जारी गरिएको पर्सामा बन्दाबन्दी कडा पार्न प्रहरीका साथमा सेना पनि परिचालन गरिएको छ ।  

साउन १८ देखि जारी निषेधाज्ञा थप कडा पार्न आइतबारदेखि सेना परिचालन गरिएको पर्सा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

कोरोना संक्रमण व्यापक हुन थालेपछि वीरगन्ज  महानगरपालिका क्षेत्रमा साउन १० देखि निषेधाज्ञा जारी गरिएको थियो भने साउन १८ गतेदेखि पर्सा जिल्लाभर बन्दाबन्दी घोषणा गरिएको हो ।  

निषेधाज्ञा भदौ १३ गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी आशमान तामाङले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

निषेधाज्ञालाई थप कडाइसाथ लागू गर्न नेपाल  प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको पर्सा प्रशासनले जनाएको  छ ।  
 

प्रकाशित: १ भाद्र २०७७ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App