समाज

थिमिस्थित नेपाल कोरिया मैत्री अस्पतालका तीन नर्सलाई कोरोना पुष्टि

भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री अस्पतालका तीन जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ। साथै अस्पतालमा पाकिङको व्यवस्थापन तथा भीडभाड नियन्त्रणका लागि खटिने एकजनालाई पनि कोरोना भएको छ। अस्पतालका चार कर्मचारीहरुलाई कोरोना लागेपछि अस्पताले इमर्जेन्सीबाहेकका सबै सेवा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको जनाएको छ।

प्रेस विज्ञप्तिमार्फत अस्पतालले कोरोना भएका सवै अस्पतालले व्यवस्थापन गरेको ठाउँंमा रहेको जनाएको छ। सबैैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएको छ। 

प्रकाशित: ३१ श्रावण २०७७ ०६:२४ शनिबार

कोरोना पुष्टि