समाज

बाँकेमा निषेधाज्ञा शनिबार सम्म थप गरियो

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा लागु गरेको निषेधाज्ञाको समय थप गरेको छ । जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि गत आइतबारबाट तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।  

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुङवाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । जारी निषेधाज्ञाको समय आगामी शनिबार राती १२ बजेसम्मका लागि थप गरिएको प्रजिअ कुरुङवाङले जानकारी दिए । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ ।

प्रकाशित: २० श्रावण २०७७ १०:२८ मंगलबार

निषेधाज्ञा