अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारका प्रेस विज्ञ शरद अधिकारीकाअनुसार मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा १४ जना प्रहरी र एक जना सवारी चालक रहेका छन्। आइतबार १ सय ८२ जनाको स्वाब संकलन भएकोमा १५ जनामा संक्रमण देखिएको हो।
संक्रमितको सम्पर्कका आधारमा थप कन्याक ट्रेसिङ सुरु गरिएको उनले बताए।
प्रकाशित: २० श्रावण २०७७ ०८:४७ मंगलबार