समाज

होम आईसोलेसनमा बसेका संक्रमित भन्छन् : स्वास्थ्यको जानकारी लिन कोही आएनन्

गुलरिया नगरपालिका–५ का ५५ वर्षिय कोरोना संक्रमित संचारकर्मी अघिल्लो शुक्रबारदेखि घरकै आईसोलेसनमा छन्।   तर, एक साता बित्दासम्म कुनै स्वास्थ्यकर्मीले स्वास्थ्य अबस्था जानकारी नलिएकोमा उनी दुखी छन्।

चेक जाँचको दायरा फराकिलो बनाउने भनेर संक्रमित पुष्टि भएकालाई आईसोलेसन राखेपनि बेवास्ता गरेको उनको आरोप छ। ‘मलाई कोरोना पुष्टि भएपछि घरकै आईसोलेसनमा बसिरहेको छु,’उनले भने,‘यस्तो अबस्थामा संक्रमितको प्राथामिक जाँच पनि भएको छैन,कोरोना देखिएपछि स्वास्थ्यकर्मी चेक जाँच मा बेवास्ता गरिरहेका छन्।’ उनका अनुसार आईसोलेसन बसेदेखि परामर्श वा स्वास्थ्य चेक जाँच पनि अहिलेसम्म भएको छैन।

‘भगवानको कृपाले त्यस्तो नहोल भन्ने विकल्प बाहेक केहि छैन,’उनले भने,‘स्वास्थ्यमा समस्या नहोस भनेर भगवान पुर्कादै बसेको छु।’उनका अनुसार सामान्य खालको खोकी र रुघा लागि रहेको छ।

सरकारले आर्थीक व्यबहार कम गर्नलाई घर कै आईसोलेसनमा बस्न सक्ने नीति अघि सारेको छ।

सरकारी आईसोलेसनमा बस्दा २४ औं घन्टा स्वास्थयकर्मी उपलब्ध गराएपनि घर आईसोलेसनमा बस्ने बेला बेला चेकजाँच गर्ने र स्वास्थ्य सुधारमा मनोबल उच्च पार्न परामर्श गर्ने व्यबस्था गरेको छ।  

तर,सरकारले अघि सारेको निती आधारभुत तहमा कार्यान्वयमा स्वास्थ्यकर्मी लापरबाहीले गरेको उनले गुनासो गरे।  

पछिल्लो समय कोरोना परीक्षणको दायरा फराकिलो पारेसँगै परीक्षण गर्दा संचारकर्मी,स्वास्थ्यकर्मी र स्थानीयतह कर्मचारी संक्रमित भएको भेटिएका छन्। भौतिक पूर्बाधार सम्पन्न भएका संक्रमित तीन जना घरकै आईसोलेसनमा बसेका छन्। त्यस्ता संक्रमितलाई फोनबाट परामर्श र स्वास्थ्य जाँच गरिरहेको जिल्ला स्वास्थय कार्यालयले दाबी गरेको छ। तर,संक्रमित भने स्वास्थ्य जाँचको बारेमा सम्बन्धित निकायले बेवास्ता गरिरहेको संक्रमितको आरोप छ।  

त्यसबाहेका गेरुवा,मधुवन र गुलरिया नगरापालिकाले आईसोलेसन कक्ष निर्माण गरेका छन्। संक्रमित पुष्टि भए सम्बन्धित स्थानीय तहको आईशोलेसनमा राखिन गरेको स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले बताए।‘हामीले कोरोना परीक्षण दायरा फराकिलो पारेका छौं,’उनले भने,‘संक्रमित पुष्टि भएमा सम्बन्धित स्थानीय तहको आईशोलेसनमा बस्ने व्यबस्था मिलाएका छौ,त्यस्ता आईसोलेसनमा २४ घन्टा स्वास्थ्यकर्मीको डिउटि हुन्छ।’

भौतीक पूर्वाधार सम्पन्न भएका संक्रमितलाई घरको आईसोलेसनमा प्रबन्ध मिलाएको गिरीले जानकारी दिए।‘घरको आईसोलेसनमा बस्ने संक्रमित छुट्टै शौचालय र कोठा अनिवार्य हुनुपर्छ,’उनले भने। उनका अनुसार पूर्वाधार सम्पन्न भएका तीन जना होम आईसोलेसनमा बस्छन्। जिल्लामा २ सय ३३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्य १ सय ९८ जना निको भई घर फर्केका छन्। ३० जना स्थानीय तहले निर्माण गरेको आईसोलेसनमा उपचार गराईरहेको रर्कडमा देखिन्छ। तीन जना होम आईसोलेसनमा बसिरहेका छन।आईसोलेसनमा बसेका संक्रमित कोरोना संक्रमणको कुनै पनि लक्षण देखानपरेको प्रुमख गिरीले जानकारी दिए।

 

प्रकाशित: १५ श्रावण २०७७ ०५:५९ बिहीबार

कोरोनाभाइरस