समाज

पहिरोले घर बगाउँदा एकको मत्यु, पाँच बेपत्ता

कालिकोटको राष्टकोट नगरपालिका–१ को गंगेखोलामा सोमबार राति आएको पहिरोले घर बगाउँदा एकको मृत्यु हुनुका साथै पाँच जना बेपत्ता भएका छन्। स्थानीय टेक टमट्टाको घर बगाउँदा पाहुना आएकी १४ वर्षीया कोशीला शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए। 

यस्तै स्थानीय जयबहादुर शाहीको घर बगाउँदा पाँच जना बेपत्ता छन्। तीन किलोमिटर माथिबाट आएको पहिरोले घर बगाउँदा जयबहादुरका श्रीमति र छोराछोरी बेपत्ता भएको डिएसपी आलियाले बताए। ‘अहिले पनि निरन्तर वर्षा भइराखेकाले प्रहरी टोली घटनास्थलसम्म पुग्न सकेको छैन्,’ डिएसपी ओलियाले भने, ‘पहिरोमा बेपत्ता भएकाहरुको खोजीमा कठिनाइ भइराखेको छ।’

निरन्तरको वर्षाका कारण राष्टकोट नगरपालिका र पचालझरना गाउँपालिका जोड्ने फुगाडखोला माथिको मोटरेवल पुल पनि बगाएको छ। कर्णाली करिडोर अन्र्तगत पर्ने फुगाड खोलाको मोटरेवल पुल बगाएको डिएसपी ओलियाले जानकारी दिए। 

प्रकाशित: १३ श्रावण २०७७ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App