समाज

नगरपालिकाले थाल्यो योजनाको सामाजिक परीक्षण

बैतडीको दशरथचन्द नगरपालिकाले विभिन्न योजनाहरुको सामाजिक परीक्षण सुरु गरेको छ । योजना निर्माण भइसकेका तर भुक्तानी हुन बाँकी रहेका योजनाहरुको सामाजिक परीक्षण सुरु गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए ।

बिशेष गरेर सडकका योजनाहरुको भुक्तानी बाँकी रहेकाले राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजको सहभागी गराएर योजनाहरुको सामाजिक परीक्षण सुरु गरिएको हो । नगरपालिकाका सबै वडामा सडकका योजनाहरु भुक्तानी हुन बाँकी रहेका छन् । करिब २० योजना भुक्तानी हुन बाँकी रहेका तर काम सम्पन्न भइसकेका छन् । ती योजनाहरुको अनुगमन र परीक्षण गरी प्राविधिक स्टमेट बनाएर भुक्तानी गर्ने नगरपालिकाको तयारी छ । योजनाहरुको भुक्तानी गर्नुभन्दा पहिला सामाजिक परीक्षण गरेर योजनाहरुको बारेमा जानकारी लिने काम भइरहेको बताइएको छ ।

सबै वडामा पुगेर योजनाहरुको बारेमा छलफल गरेर परीक्षण गर्ने गरिएको छ । उपभोक्ता समिति मार्फत निर्माण गरिएका ती योजनाहरुको सामाजिक परीक्षण पछि प्राविधिकहरुले नापजाँच गर्नेछन् । योजनाहरुको नाप जाँच पछि मात्रै भुक्तानी गरिने बताइएको छ ।

प्रकाशित: २६ असार २०७७ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App