समाज

सरकार निर्णय गर्छन, व्यवहारमा लागू गर्दैनन्

प्रादेशिक प्रयोगशालामा परीक्षण बन्द

प्रादेशिक प्रयोगशाला जनकपुरका प्रमुख रामविनय साह । तस्बिरः मिथिलेश यादव/नागरिक

प्रादेशिक प्रयोगशाला जनकपुरमा आरटि पीसीआर विधिबाट गरिँदै आएको कोरोना भाइरस(कोभिड–१९) परीक्षण मंगलबारबाट बन्द भएको छ । प्रदेश सरकार आरटि पीसीआर मेसिन थप्ने निर्णय गरिरहँदा संचालनमा रहेको प्रयोगशाला सामान अभावले बन्द भएको छ ।

पीसीआर परीक्षणमा प्रयोग हुने ‘कन्ज्युमेबल्स’(परीक्षणका लागि चाहिने सामान) आपूर्ती हुन नसक्दा प्रयोगशालाले मंगलबारदेखि पीसीआर परीक्षण बन्द गरेको हो ।

कोरोना भाइरसबाट सात वटै प्रदेशमध्ये सबैभन्दा बढी अर्थात तीन हजार ७ सय ५४ जना संक्रमित प्रदेश २ मा पुष्टि भएको छ । संक्रमणको उच्च जोखिममा रहेको यस प्रदेशमा परीक्षणको दायरा बढाउनुपर्ने विज्ञहरूले बताइरहँदा प्रयोगशालाले परीक्षण बन्द गर्नुपर्ने अवस्था आउनु दुभाग्यपूर्ण रहेको चिकित्सकहरू बताउँछन् ।

परीक्षणका लागि चाहिने सामानहरू उपलब्ध नभएको जानकारी प्रदेश सरकारदेखि संघीय सरकारसम्मलाई जानकारी गराउँदा पनि सुनवाई नभएको प्रादेशिक प्रयोगशाला प्रमुख रामविनय साहले बताए ।  

लेखा शाखा र स्टोरका कर्मचारीले सामान आपूर्ती गर्न असहयोग गर्दै आएको साहको भनाई छ । लेखा र स्टोरका कर्मचारी कुनै सामान खरिद गरेर ल्याउँदा खरिद गरिएको सामानको बिलसँगै अर्को खरिद नगरिएको सामानको बिल लिएर आउँछ साहले भने,‘खरिद नै नभएको सामानको बिल सदर नगर्दा उनीहरू मिलेर खरिद गरिएको सामानको समेत भुतानी रोकिदिन्छ । लेखा र स्टोरका कर्मचारीको रबैया समाजिक विकास मन्त्रालयदेखि मुख्य मन्त्री कार्यालयसम्मलाई लिखित जानकारी गराउँदा सुनवाई नभएको साहको गुनासो छ ।’

कतैबाट सुनबाई नभएपछि जेठ २३ गत्ते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेर प्रादेशिक प्रयोगशालाको सामान खरिदमाथी छानविन गरिदिन आग्रह गरेको साहले बताए । अख्तियारले समेत चासो लिएन । त्यसपछि साहले आसार ८ गत्ते पुनः मुख्यमन्त्री लालबावु राउतलाई प्रयोगशालाको परीक्षण कुनै पनि बेला बन्द हुन सक्ने अवस्था अवगत गराउने समस्या सामाधानका लागि समन्वय गरिदिन प्रचारार गरे । उत पत्रको बोधार्थ सामाजिक विकास मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयसम्म पठाइयो । 

तर, कतैबाट सुनवाई भएन । सामाजिक विकास मन्त्रालयको सचिवज्यूलाई भन्दा ‘मिलेर काम गर्नुस्’ भन्नु हुन्छ साहले भने,‘एकाउन्टेन्टसँग डिल गरेर काम गर्न सक्नु हुन्न’ सचिवज्युले भन्नुहुन्छ । मँ पीसीआर मेसिनसँग डिल गर्ने कि एकाउन्टेन्टसँग डिल गर्ने ? साहले प्रश्न गरे,‘नहुने काम अर्थात खरिद नै नभएको सामान खरिद भएको भनेर हस्ताक्षर कसरी गर्न ?’ मिलेर मिलाएर कसरी काम गर्नु ? मँ प्राविधिक मानिस हो उनले भने,‘नहुने काम गर्न सक्दिन, बिल मिलाएर सरकारी सम्पती लुट्न सक्दिन ।’

पीसीआर मेसिन मात्रै छरेर परीक्षणको दायरा बढ्ने होइन उनले भने,‘मेसिन चलाउने जनशति र प्रयोगशालाको गुणस्तर पनि आवश्यक पर्छ । अहिले प्रदेश २ मा तीन वटा आरटि पीसीआर मेसिन तीन ठाउँमा छ । तीन वटै मेसिन एकै टाउँमा राखेर परीक्षण सुरु गरिए परीक्षणको दायरा तीन गुण बढ्छ । अर्थात तीन वटा मेसिन तीन ठाउँबाट तीन सय नमुना परीक्षण गर्न सक्छ भने एकै ठाउँमा सबै जनशतिm र मेसिन राखेर परीक्षण गरिए नौ सय नमुना परीक्षण गर्न सकिने साहले भने ।  

यहाँ मेसिन छरिदिएको छ तर परीक्षणको दायरा बढाउने प्रयत्न गरिएको छैन । उपकरण छ, चलाउने सामग्री छैन । सामान आपूर्तीमा कमिसनको व्यापक चलखेल छ । यहाँ जनताको ज्यान सुरक्षा भन्दा कमिसन, आर्थिक लाभलाई बढ्ता महत्व दिएको पाएँ, साहले नागरिकसँग भने,‘सरकारी रकम भ्रष्टाचार भैरहेको जानकारी दिँदा छानविन त के चासो समेत राखिदैन । तलदेखि माथी सम्म सबैलाई जानकारी गराउँदा पनि कतैबाट चासो व्यतm नहुँदा दिक्क भएको छु ।’ उनले भने,‘अनियमिततामाथीको पर्दा उघारिदिएर काम गर्ने माहोल बनाइदिन सरकारसँग बिन्ती छ ।’

प्रदेश सरकारले खरिद गरेको आरटी पीसीआर मेसिन गत जेठ १९ गतेदेखि विधिवत् रुपमा सञ्चालन आएको थियो । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ४ हजार ५ सय भन्दा बढी परीक्षण गरिसकेको छ ।

प्रकाशित: २४ असार २०७७ ०५:१६ बुधबार

परीक्षण बन्द व्यवहार